
सुनसरी । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छछीन । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उनी बताउँछिन् ।
‘सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ’, उनले भनिन् । शाहीले सिद्रा व्यापार गर्न थालेको २० वर्ष भयो । सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उनले बताइन् । सिद्राप्रति किलो ६०० रुपैयाँ देखि १ हजार २०० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । ‘मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनामा सबै खर्च कटाएर रु ४० हजारसम्म बचत हुन्छ,’ उनले भनिन् । धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन् ।
सिद्राको पारखीहरु टाढाटाढा बाट यहाँ सिद्रा किन्न आउँछन् । शाहीले झै विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आएका धरान उपमहानगरपालिका–३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि सिद्रा व्यापार फस्टाउने बताउँछन्। उनका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ । उनले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आएको सुनाए । पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री गर्दै आएको उनले सुनाए । धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उनले बताए । यही व्यापारबाट उनले घरखर्च र छोरा छोरीको स्कुल ‘फि’ बुझाउने गरेको बताए ।
‘नेपालमा प्रशस्त खोलानाला भए पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ । मैले वर्षमा २० क्वीन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु,’ उनले भने । धेरै जसो पहाडी जिल्लाहरुमा सिद्रा खपत हुने गरेको उनको भनाइ छ । सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ । सो अवधिमा उनले नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताए । नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ । सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ । आफन्तलाई कोसेलीका रुपमा पनि ग्राहकहरुले सिद्रा खरिद गरेर लैजाने उनले बताए ।
जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरु बताउँछन् । धरानमा शाही र श्रेष्ठ जस्ता सिद्राकोे व्यापार गर्ने व्यापारीको संख्या एक दर्जनभन्दा बढी छन् । पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिला छन् ।












समाचार
अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
बागलुङको तरकारी पोखरामा बिक्री
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न
श्रावण २६ देखी ३१ सम्म भृकुटींमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने तयारी पुरा
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता