
काठमाडौं । सोमबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ५१ दशमलव ३७ अंकले घटेर बन्द भएको हो ।
सोमबारको कारोबार बन्द हुँदा परिसूचक २६३० दशमलव ९१ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा करिब २ प्रतिशत अर्थात् १.९१ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा जम्मा १५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २२७ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ९३ अंकले घटेर ४५१ दशमलव २८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १.५१ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा सबै १३ उपसमूहको परिसूचक राताम्य भएको छ ।
परिसूचक राताम्य भएको दिन करिब ६ अर्ब बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०४ कम्पनीका १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ६७ हजार ६४८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजार राताम्य हुँदा पनि एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो