
लुम्बिनी । विगत लामो समय देखी लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्र बीचको विवाद संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा ८ बुदे सहमति गर्दै समाधान भएको छ । बुधबार दिउसो बसेको दुई पक्ष बीचको बैठकले लुम्बिनी होटल व्यवसायी संघ र विहार क्षेत्रको बीचवार्ता गर्दै दुई पक्ष बीचमा भएको सहमति कडापुर्वक कार्यनयन गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन गरेका छन् ।

बैठकमा बोल्दै उपाध्यक्ष डा. लामाले राजनीतिक प्रतिसोध र पुर्वाग्रह राखेर आन्दोलन गर्नेको कुनै समाधान नभएको तर सकारात्मक उद्देश्य सहित भएको आन्दोलन र छलफलको समाधान रहेको कुरा स्मरण गराउदै उपाध्यक्ष डा. लामाले लुम्बिनीमा रहेको सबै खाले समस्याहरुको छिटै समाधान गर्ने जानकारी समेत दिएका छन् । लुम्बिनीका गुम्बा तथा विहारलाई होटलका रूपमा सञ्चालन गर्दा आफूहरूको व्यवसाय बन्द हुने अवस्थामा पुगेको होटल व्यवसायीहरूले गुनासो गर्दै आएको र विभिन्न देशहरूले लुम्बिनीभित्र बनाएका गुम्बा र विहारमा अघोषित रूपमा होटलको रुपमा सन्चाल्न गरेको आरोप लुम्बिनी विहार संचालकहरुलाई लगाउदै आएका थिए तर बुधबार बसेको बैठकले उक्त समस्याहरुको निकास दिएको छ ।

बैठकमा बोल्दै रूपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सकारात्मक पहलको लागि उपाध्यक्ष डा. लामालाई धन्यवाद व्यक्त गर्दै आफू सधै समाधान र सहयोगको पक्षमा रहेको बताए । उक्त दुई पक्ष सहमति पश्चात् लुम्बिनी होटल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीले होटल व्यवसायीहरुले आफ्नो समस्या विगत १२ वर्ष देखि लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराउँदै आए पनि समाधान हुन सकेको थिएन तर अहिले उपाध्यक्षको पहलमा सफल भएकोमा धन्यवाद व्यक्त गर्दै संघ अध्यक्ष ज्ञवाली भने “धर्ना , ऐक्यबद्धता सहित चरणबद्ध विभिन्न शान्तिपूर्ण आन्दोलन गर्दै आए पनि समाधान हुन सकेको थिएन, तर अहिले उपाध्यक्षको पहलले समाधान हुदा लुम्बिनी विहार क्षेत्र सग सद्भाव कायम भएको छ, हामी आन्दोलनकारी होइनौं हामी शान्ति प्रेमी हौं, उनले बताए ।
हाल लुम्बिनी क्षेत्रमा तारेस्तरीय सहित गरेर ८२ वटा साना–ठूला होटल छन् भने दर्जनौं विभिन्न देशको प्रतिनिधित्व गर्ने विहारहरु रहेका छन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह