
नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो ।
जिल्लाका चारवटा पालिकाको २५ वटा किसान समूहले प्याजका नर्सरी तयार गरेका छन् । कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकाका २० बिघामा प्याजखेती गर्ने योजनासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासीपूर्वले काम सुरु गरेको हो ।
सबैभन्दा बढी उत्पादन गर्ने किसानलाई नगद २० हजार राशिको पुरस्कार वितरण गरिने छ । दोस्रोलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई पाँच हजार नगद पुरस्कारसमेत प्रदान गरिने छ । क्षेत्रफलको आधारमा नभई उत्पादनको आधारमा उक्त पुरस्कार प्रदान गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए ।
दिनानुदिन प्याजको प्रयोग बढ्दो तर नेपालमा प्याज उत्पादन नगण्य हुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई केही हदसम्म भए पनि घटाउने उद्देश्यले प्याज प्रबर्द्धन कार्यक्रम अगाडि बढाएको हो । प्याज खेतीका लागि अहिले सामूहिक नर्सरी निर्माण गरिएको छ । नर्सरीमा नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजका बिरुवा हुर्किरहेका छन् । प्याजका लागि नवलपुर जिल्लाको हावापानी र माटो उपयुक्त भएकाले उत्पादन धेरै हुने वरिष्ठ कृषि अधिकृत सिंहले बताए ।
कार्यालयले किसानको आवश्यकताअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिने तथा बीउ निःशुल्क उपलब्ध गराइएको जनाएको छ । साथै कार्यालयले प्याजखेती प्रबर्द्धन कार्यक्रमका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक