
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही असोज २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितलाई १ लाख ६३ हजार १२५ कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ । अब कम्पनीले सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता आईपीओ सुरक्षित गरी सर्वसाधारणलाई बाँकी बसेको २५ लाख १० हजार ४९३ कित्ता जारी गरेको हो ।
यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ । यसमा आज असोज २९ गते बैंकिङ्ग समयपछि आवेदन लिने प्रक्रिया बन्द गरिने कम्पनीले जानकारी दिएको छ । यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।












समाचार
देशभर दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु