
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा (आज) पुस १० गते बस्दैछ । सभा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि शुरू हुनेछ ।
यस लघुवित्तले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरिसकेको छ । सभामा भविष्यमा अन्य कुनै लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ ।
त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ । सभा प्रयोजनका लागि लघुवित्तले पुस २ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।
फेसबुक प्रतिक्रिया












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व