
सुनसरी । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ ।
नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा १२ औं भेडेटार ‘फुड फेस्टिभल’ आयोजना गरिने होटेल संघ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले राससलाई जानकारी दिए ।
महोत्सवमा साँगुरीगढी–६ भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म विभिन्न ‘स्टल’ राखिने अध्यक्ष लिम्बूले बताए । महोत्सवमा साँगुरीगढी क्षेत्रका कृषि तथा घरेलु उत्पादनको बजारीकरण पनि गरिने छ ।
महोत्सवका माध्यमबाट धनकुटाका प्रमुख पर्यटकीयस्थल शैलुङडाँडा, चाल्र्स भ्यु टावर, स्काइ ब्रिज, पाथीभरा मन्दिर, शङ्खेश्वर, भेडेटार पार्क, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङस्थल, धजेडाँडा, ओख्रे भ्यु टावर, नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाउँ, अजङ्गको वरको रुख, थाउजेन्ड बिग बुद्ध, कार्कीछाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी, धजे पदमार्ग, झण्डीडाँडा र गालखाडीको प्रवद्र्धनमा योगदान पुग्ने विश्वास अध्यक्ष लिम्बूले व्यक्त गरे ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम