
झापा । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए ।
‘पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ’, उनले दुर्घटनाको कारण बताउँदै भने, ‘तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।’
सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन् ।










समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प