
काठमाडौं । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुुठीसम्बन्धी सम्पूूर्ण समस्या समाधानका लागि जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाअन्तर्गतको समितिको सिंहदरबारस्थित कार्यकक्षमा भएको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे भएको छलफलपछि सो मन्त्रालयलाई देशभरको गुठीसम्बन्धी समस्या समाधान गर्नेगरी विधेयक ल्याउन निर्देशन दिएको हो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको उल्लेख गर्दै गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको पनि जानकारी दिए । ‘भूूमिहीनको समस्या समाधान गर्नका लागि राष्ट्रिय भूमि आयोगलाई अधिकार सम्पन्न बनाउँदै भएका कानुनका अप्ठ्यारा फुकाउनुु पर्नेछ, त्यसका लागि पनि मन्त्रालयले काम गरिरहेको छ, पुस महिनाभित्र सबै जिल्लामा आयोग बनाउने काम सकिनेछ,’ मन्त्री अधिकारीले भने । बैठकमा सांसदले गुठी समस्या समाधानका लागि भइरहेको पहल, गुठी ऐन निर्माणका लागि भइरहेका काम, र भूमिहीनको समस्या समाधन लगातका विषयमा जोड दिएका थिए ।













समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण