
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिन करिब ५० अंकले बढेको सेयर बजार परिसूचक आज भने ६ दशमलव १६ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६४६ दशमलव ८४ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८९ अंकले बढेर ४५० दशमलव ४८ विन्दुमा पुगेको छ । त्यस्तै आज ८ उपसूचको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ । एउटा उपसूचको सेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्से परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ६ अर्बभन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ६६ हजार ६२६ पटक खरिद बिक्री भएका छन् ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द