
काठमाडौं । विद्यालय तहदेखिकै शैक्षिक पाठ्यक्रममा संस्कृति र सम्पदाका विषयवस्तुलाई समावेश गरिनुपर्नेमा जोड दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संस्कृति महाशाखाले मन्त्रालयमा आयोजना गरेको संस्कृति र सम्पदालाई पाठ्यक्रममा समावेश गराउनेसम्बन्धी अन्तरक्रियाका सहभागीले संस्कृति र सम्पदालाई सामाजिक शिक्षाअन्तर्गतको विषयमा मात्र समावेश गरिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले आधारभूत तहदेखि उच्च शिक्षासम्म संस्कृति र सम्पदाका पाठ्यक्रम निर्माण गरेर लागू गर्नुपर्ने बताए । संस्कृतिका पाठ्यक्रमलाई स्थायीरुपमा समन्वय गर्ने संयन्त्र बनाउनुपर्ने बताउँदै सचिव पाण्डेयले सैद्धान्तिक र व्यावहारिक पक्ष ठूला कक्षाका पाठ्यक्रममा समावेश गरिनुपर्ने बताए ।
कार्यक्रममा संस्कृति महाशाखा प्रमुख एवं मन्त्रालयका सहसचिव डा सुरेशसुरस श्रेष्ठले संस्कृति र सम्पदालाई पाठ्यक्रममा समावेश गराउनुपर्ने कारणका बारेमा प्रस्तुति गरेका थिए । यसैगरी पाठ्यक्रम विकास केन्द्रका वासुदेव वस्तीले कस्ता सामग्री पाठ्यक्रममा समावेश गर्ने भन्ने विषयमा प्रस्तुति गरे । सो अवसरमा त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख डा महेश आचार्य, संस्कृतिविद् भीम नेपाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी अधिकांशले पाठ्यक्रम विकास केन्द्रमा संस्कृति हेर्ने छुट्टै एकाइको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू