
काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत कम्पनीले आयोजनाको पुनः ठेक्का आह्वान गरेको छ। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १९ देखि फागुन २१ गतेसम्म आवेदन दिनसक्ने गरी आइतबार सूचना प्रकाशन गरेको छ।
यसअघि आयोजनाले जेठ २० गते आयोजनाको यही कामको लागि ठेक्का आह्वान गरेकोमा गत पुस २३ गते रद्द गरिएको थियो। सो सयम चारपटक म्याद थपिएकोमा अन्तिम म्यादको अन्तिम समयसम्ममा ७ वटा कम्पनीको आवेदन परेको थियो।
जेआइइसी र शर्मा एण्ड कम्पनीमार्फत चिनियाँ कम्पनी झोङदिङ इन्टरनेसनल, आरएससी र अविर, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजिई कम्पनी, सिनो हाइड्रो कर्पोरेसन, जेसिई र एएनके ज्वाइन्ट भेन्चर, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन तथा ओम र फेवा जेभी कन्स्ट्रक्सनले संयुक्तरुपमा आवेदन दिएका थिए।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रक्र्युमेन्ट कन्स्ट्रक्सन ९इपिसी० मोडलमा ठेक्का आह्वान गरिएको छ। रन अफ रिभरमा आधारित यो १०६ मेगावाट क्षमतामा निर्माण हुने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
डोल्पा जिल्लाको मुडकेचुला गाउँपालिकामा यो आयोजना २२ करोड (करिब २४ अर्ब) रूपैयाँ लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ। यसमा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को १० प्रतिशत, नेपाल विद्युत प्राधिकरणको ९ प्रतिशत लगानी छ।
त्यस्तै, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एकरएक प्रतिशत बराबरको सेयर स्वामित्व छ। सर्वसाधारणमा आइपिओ जारी गरेर ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन/तीन प्रतिशत बराबरको सेयर लगानी रहने व्यवस्था गरिएको छ।
नबिल बैंकको नेतृत्वमा ऋण लगानी जुटेको छ। यसमा बैंकले चार अर्ब ४० करोड, एचआइडिसिएलले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब, एभरेष्ट बैंकले १ अर्ब ५० करोड बराबर लगानी गर्ने भएका छन्।














समाचार
इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते
माउन्ट एभरेष्ट पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन