बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले दिए आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म अध्यक्षका लागि १२ जनाको आवेदन परेको हो ।

प्राधिरकणको अध्यक्षका लागि पूर्वअध्यक्षदेखि प्राधिकरणकै कार्यकारी निर्देशकसम्मले आवेदन दिएको बुझिएको छ । त्यस्तै नेपाल सरकारका केही पूर्वसचिवहरुले पनि आवेदन दिएको छन् ।

आवेदन दिनेमा कमल प्रसाद रेग्मी, डा.देवराज रोका, शरद ओझा, चिरन्जिबी चापागाइ, विष्णु बाबु मिश्र, बुद्ध काजी श्रेष्ठ, दामोदार वसौला, डिम प्रसाद पौडेल, राम शरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका छन् । यी १२ जनामध्ये अध्यक्ष सिफासिर समितिले ३ जनाको नाम सरकार समक्ष सिफारिस गर्नेछ । जसमध्ये एक जनालाई सरकारले अध्यक्षका रुपमा नियुक्त गर्नेछ ।

आवेदेन दिएका मध्ये रेग्मी बिमा प्राधिकरणका निर्देशक हुन् भने चापागाईं साविकको बिमा समितिका अध्यक्ष भइसक्का व्यक्ति हुन् । पत्रकार समेत रहेका ओझा प्राध्यापन पेसामा पनि संलग्न छन् । उनी अधिवक्तासमेत हुन् । त्यस्तै पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् भने रमण नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं नागरिक लगानी कोषका पूर्वप्रमुख हुन् । उनी हाल लक्ष्मी सनराइज बैंकका अध्यक्ष छन् ।

विक्रान्त पाण्डे लामो समयदेखि विभिन्न बीमा कम्पनीमा काम गरेका व्यक्ति हुन् । पछिल्लो समय उनले नेपाल इन्स्योरेन्समा उपमहाप्रबन्धकको जिम्मेवारीबाट बाहिरिएका हुन् । त्यस्तै आवदेन दिएका डिमप्रसाद पौडेल नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक हुन् । दामोदर बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष हुन् । डा. देवराज रोका (कल्याण) युवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष हुन् । विष्णुबाबु मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)हुन् । बुद्धकाजी श्रेष्ठ तत्कालीन युनाइटेड इन्स्योरेन्सका सञ्चालक हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार