
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर लगायत अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा कायम भएको छ । अमेरिकी डलरको मूल्य हिजो पनि सोही कायम भएको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा कायम भएको छ । युरोको मूल्य पनि हिजोकै दरमा सटही भइरहेको छ ।
त्यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ९४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ १७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्री दर ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७२ पैसो ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै