
प्रयागराज । भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइते भएका छन् । ‘अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइतेको उपचार भइरहेको छ’, इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।
उद्धार टोलीले तीर्थयात्रीसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानले भरिएको स्थलबाट पीडितलाई बोकेर लैजाँदै गरेको देखिएको थियो । प्रहरी अधिकारीले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो । दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेका थिए ।
बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरू मध्ये एक हो । उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौँ भक्तजनलाई गङ्गा र यमुना नदीको सङ्गमस्थलमा पाप–मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा