
स्याङ्जा । आफ्नै सक्रियतामा आयआर्जन गर्ने लक्ष्यसहित अर्जुनचौपारी गाउँपालिका तरकारी खेतीमा लागेको छ । गाउँपालिकाले वडा नं. १ सिन्नेपानी र नब्बेमा ४० रोपनी क्षेत्रफल जग्गा पाँच वर्षका लागि प्रतिवर्ष १० हजार रुपियाँका दरले लिजमा लिएर तरकारी खेती गर्न थालेको हो ।
यहाँ जग्गा भाडामा लिएर आलु, लसुन तथा प्याज खेती, काउली, मुला, सागलगायतका तरकारीको खेती गर्दै छ । जग्गालाई व्यवस्थापन गर्न बिजुली बत्ती जडान, चौबिसै घण्टा सिसिटिभीबाट खेतको निगरानी गर्ने व्यवस्थासमेत मिलाइएको हो । पालिकाले यस वर्ष ३० रोपनीमा आलु, एक रोपनीमा मुला, एक रोपनीमा काउली तथा बन्दा, दुई रोपनीमा लसुन, चार रोपनीमा प्याज र एक रोपनीमा साग लगाएको छ ।
पालिकाले कृषि कार्य गर्न तीन जनालाई पूर्णकालीन र १० जनालाई अल्पकालीन गरी १३ जनालाई रोजगारी दिएको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए । पालिकाले यस वर्ष मात्र आलु लगाएको छ भने २४ टन आलुको बिउ आमा समूह ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । पालिका अध्यक्ष प्रकाश तिवारीले लिजमा लिइएको जग्गामा खेतीको सम्भावना तथा माटोको उर्वराशक्ति परीक्षण गरेर सोही अनुसारको तरकारी लगाएको बताए ।
आलु उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यसाथ यस वर्ष आलु उत्पादनमा जोड दिइए पनि आउँदा वर्षदेखि हरेक प्रकारका तरकारी उत्पादन गर्ने तिवारीले बताए । यहाँ पालिकाले लगाएको, आमा समूहमार्फत लगाएको र स्थानीयले लगाएको आलुसहित यस वर्ष पालिकाभर तीन लाख केजी आलु उत्पादन हुने अनुमान गरिएको छ । पालिकाले उत्पादन गर्ने आलुलाई बिउका लागि प्रयोग गर्ने योजनासमेत पालिकाले लिएको छ । यो उत्पादन भएसँगै अकबरे खुर्सानीलगायतका सिजन अनुसारका तरकारी लाउने स्थानीय समाजसेवी चन्द्रकान्त अर्यालले बताए ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन