
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता सेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर यसअघि संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर तोकिएको समयावधिसम्म संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेपछि अबभने सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुलाएको हो ।
सो सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयर खरिदका लागि निवेदन दिएपछि बिक्रेता संस्थापकसँग समन्वय गरी आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री प्रकिया अघि बढाईने बैंकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने