
बाँके । पश्चिम नेपालमा सबैभन्दा बढी बाघ रहेको निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लगायतका गैंडा, हात्ती र अन्य वन्यजन्तु हेर्न आउने पर्यटकको संख्या बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा त्यहाँ आउने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार बाघ अवलोकनका लागि प्रख्यात मानिने सो निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७९/८० को भन्दा गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८०७ जना पर्यटक बढी आएका थिए । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार सो निकुञ्जमा अघिल्लो आर्थिक बर्ष २०७९/८० मा १६ हजार ७२२ नेपाली, ६ हजार ३८३ विदेशी र एक हजार २१९ सार्क मुलुकका नागरिकहरूले निकुञ्ज भ्रमण गरेका थिए । गत आर्थिक बर्ष २०८०/८१ मा १८ हजार १० जना नेपाली, छ हजार ६८४ जना विदेशी र एक हजार ४३७ जना सार्क मुलुकका गरी २६ हजार १३१ जना पर्यटकहरू निकुञ्ज घुम्न आएका थिए ।
निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाली, विदेशी र सार्क मुलुकका पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । उनले बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी राजस्व संकलन पर्यापर्यटनबाट हुने गरेको तथ्यांकले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी दुई करोड ८४ लाख चार हजार ५०० रुपियाँ पर्यापर्यटनबाट संकलन भएको बताए । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पनि पर्यटकहरूको संख्यामा वृद्धि हुने देखिएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
गत वर्षहरूको तुलनामा पर्यटकहरू र उहाँहरूबाट संकलन हुने राजस्व दुबैमा वृद्धि भएको पाइएको छ । नेपालीहरू पनि पर्यटकीय क्षेत्र घुम्नका लागि आउनेक्रम बढेको निकुञ्जले जनाएको छ । सहजै बाघ हेर्न सकिने भएको हुनाले पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज आउने गरेको जनाइएको छ । क्रमशः पर्यटकहरूको वृद्धि हुन थालेसँगै बर्दियाका पर्यटन व्यवसायीहरू पनि उत्साहित भएका छन् । कोरोनापछि सुस्ताएको पर्यटन व्यवसाय पुनः तँग्रिदै गएको पर्यटन व्यवसायी मोहन चौधरीले बताए । निकुञ्ज घुम्न आएका पर्यटकहरूमध्ये अधिकांशले प्राकृतिक रूपमै बाघ हेरेर फर्कने गरेको उनको भनाइ छ ।
बाघ लगायत जंगली हात्ती, गैँडा, चितुवा, चित्तल, बाह्रसिङ्गा लगायतका जंगली जनावर सहजै र एकै दिनमा हेर्न सकिने भएको हुनाले पनि बर्दिया राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । सो निकुञ्जमा १२५ वटा बाघ रहेका छन् । पाटेबाघ, एकसिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्ती लगायतका ६१ प्रजातिका स्तनधारी वन्यजन्तु, ४२ भन्दा बढी प्रजातिका घस्रने वन्यजन्तु र ५१३ रैथानेसहित बसाइँसराई गरी आउने चराहरु रहेका छन् ।













समाचार
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ