
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा करिब ९ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा ८.७३ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस महिनासम्ममा ३७ कोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवमा कम्पनीको नाफा ३४ करोड ६० लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार गत आवमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालु आवको ६ महिनामा बढेर १२ अर्ब २१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
गत आवको दोस्रो त्रैमाससम्म ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार बढेर चालु आवमा ७० अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीले दास्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४६ करोड रुपैयाँ सञ्चित गरेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आमदानी ८ रुपैयाँ ६३ पैसा रहेकोमा चालु आवमा बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा रहेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू