सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रा त्रैमासिकसम्मको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा २३ करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २३ करोड १६ लाख रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनीको नाफा गत आवको सोही अवधिको भन्दा ५.४४ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिसम्म कम्पनीको यस्तो नाफा २१ करोड ९७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा नाफासँगै कम्पनीको जीवन बीमाकोषको आकारमा पनि उल्लेख्य सुधार देखिएको छ । कम्पनीको जीवन बीमाकोषको आधार १६ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी पुगेको छ । गत आवमा जीवन बीमाकोषको आधार ११ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी चालु आवमा कम्पनीको कुल आम्दानी समेत २०.९७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षका ६ महिनामा बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि चालु आवमा १८.७३ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको बीमाशुल्क आर्जन २ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३ अर्ब ११ करोड रुपैयाँ नाघेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९५ करोड रुपैयाँ रहको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड ८४ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) ९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार