
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवस्थानमा नेको इन्स्योरेन्सले नाफामा गिरावट दखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २९.४८ प्रतिशतले घटेको हो ।
यो अवधिमा कम्पनीले १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले २२ करोड १२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ९ करोड ४१ लाख रुपैयाँबाट बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको आम्दानी १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी ९९ करोड ५९ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
विवरण अनुसार कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ६५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २८१.९५ रुपैयाँ पुगेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह