
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक ७ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ७ दशमलव २६ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६७८ दशमलव ४७ विन्दुमा पुगेको छ । अघिल्लो दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको थियो । आजको सेयर बजार बन्द हुँदा सेयर ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५२ अंकले घटेर ४४९ दशमलव ८८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० उपसूचको परिसूचक घटेको छ भने ३ वटाको मात्रै बढेको छ ।
परिसूचक एकल अंकले घटेको दिन सेयर बजारमा ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ८ अर्बभन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३०२ कम्पनीका १ करोड ५८ लाख ७५ हजार १५२कित्ता सेयर ७८ हजार ८३५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एक कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।
चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
बिहीबार सेयर बजार ७ अंकले घट्दा ४ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सेयर बजार बन्द हुँदा मातृभूमि लघुवित्त, कुमारी सफल योजना, गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा मातृभूमि लघुवित्तको सेयर मूल्यमा १२८ रुपैयाँले बढेर १ हजार ४०८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज कुमारी सफल योजनाको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ०.८८ रुपैयाँले बढेर ९ रुपैयाँ ६८ पैसा पुगेको छ ।
त्यस्तै आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि ४४ रुपैयाँले बढेर ४८४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । पोखरा फाइनान्सको सेयर मूल्य पनि आज ४० रुपैयाँ २० पैसाले बढेर ४४२ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो ।
आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा बाराही हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयर मूल्य ७६ रुपैयाँले बढेर १ हजार १९९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.७७ प्रतिशतले धेरै हो ।
न्यादी हाइड्रोमा नकारात्मक सर्किट
बिहीबार सेयर बजार एकल अंकले घटेर बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा १६२ कम्पनीको सेयर मूल्य घट्दा यो कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज यो कम्पनीको सेयर मूल्य ८६ रुपैयाँ ८० पैसाले घटेर ७८२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतको गिरावट हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सामुदायिक लघुवित्त, रिभर फल्स पावर लिमिटेड, एनएलजि इन्स्योरेन्स र रसुवागढी हाइड्रोपावर कम्पनी रहेका छन् ।
आज सामुदायिक लघुवित्तको सेयर मूल्य ११९ रुपैयाँले घटेर २ हजार ३०८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९० प्रतिशतले धेरै हो । त्यस्तै रिभर फल्सको सेयर मूल्य पनि ३७ रुपैयाँले घटेर ८६५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१० प्रतिशतले कम हो ।
आजको कारोबार बन्द हुँदा एनएलजि इन्स्योरेन्सको सेयर मूल्य ३.५१ प्रतिशत अर्थात् ४० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ पुगेको छ । रसुवागढी हाइड्रोपावरको सेयर मूल्य पनि आज १५ रुपैयाँले घटेर ४३० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३७ प्रतिशतले कम हो ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह