
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका तथा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हलिकप्टर उडान– अवरणमा लागएको प्रतिबन्धले पर्यटन उद्योग नै धरासायी बन्ने सरोकारवालाहरुले बताएका छन् । पर्यटनसँग सम्बन्धित निकायहरुले संयुक्त विज्ञप्ति जारी गर्दै हेलिकप्टर उडान र अबतरमा रोक लगाउँदा अन्तराष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने र समग्र पर्यटन उद्योग नै धरासायी बन्ने बनाउका हुन् ।
वायु सेवा सञ्चालक संघ नेपाल, एक्सपिडियसन अपरेटर्स एोसिएन नेपाल, नेपाल पर्वतारोहण संघ, पर्वतारोहण संचालक संघ नेपाल, नाटा, टान, होटल संघ नेपाल, नेपाल उद्योग परिसंघ लगायत संघसस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै वार्ता र छलफलबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । ‘खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय युवा समूह लगायत अन्य संघ संस्थाहरु तथा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रुपमा यही मिति २०२५ जनावरी ०१ देखि हेलिकप्टर उडानमा लगाएको प्रतिवन्ध सम्वन्धमा सम्वन्धित पदाधिकारीहरुसँग संघका पदाधिकारीहरुले पटक पटक वार्ता गर्दा पनि कुनै निक्यौलमा पुग्न नसकेको र हाल उक्त क्षेत्रको हेलिप्याडमा अवरोध कायम नै रहेको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१/१०/२८ गतेका दिन संघको आयोजनामा पर्यटनसँग सम्वन्धित संघ संस्थाहरु नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, पर्वतारोहण संचालक संघ नेपाल, नाटा, टान, होटल संघ नेपाल, सि. एन. आई लगायत सम्वन्धित सरोकारवालाहरुको उपस्थितिमा बैठक बसी हाल उक्त क्षेत्रमा देखिएका समस्याहरु कानून विपरित रहेको, तत्काल समस्या निराकरणका लागि वार्ता तथा संवादद्वारा समस्या समाधान गरिनु पर्ने, यसरी अवरोध र प्रतिवन्ध कायम नै रही रहेको खण्डमा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुनुका साथै पर्यटन उद्योग नै धरासायी हुनुका साथ साथै हेलिकप्टर कम्पनीहरुलाई ठूलो आर्थिक भार पर्न गई व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सृजना हुने र हेलिकप्टर कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको रोजगारी गुम्ने हुदाँ तीनमा आश्रित परिवारको रोजीरोटी समेत खोसिने तर्फ उपस्थित सम्पूर्ण महानुभावहरुले एकमत जाहेर गर्नु भयो ।’
त्यस्तै विज्ञप्तिमा पर्यटनसँग सम्वन्धी संघ संस्थाका उपस्थित व्यक्तिहरुले हाल उक्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि वायुसेवा संचालक संघ, नेपाल तथा सदस्य कम्पनीहरुलाई साथ दिई एकवद्धता साथ अघि वढी समस्याको समाधान गर्ने धारण राखेको बताइएको छ ।













समाचार
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह