क्रोएसियामा पहिलो पटक बृहत्र ग्याल्पो लोसार सांस्कृतिक कार्यक्रम आयोजना हुने

काठमाडौं । शेर्पाहरुको राष्ट्रिय महान् चाड ग्याल्पो लोसार पहिलो पटक युरोपीयन मूलुक क्रोएसियामा पनि आयोजना हुने भएको छ । यहि फागुन १८ गते सन् २०२५ मार्च २ तारिखका दिन वृहत्  सांस्कृतिक कार्यक्रमका साथ लोसार कार्यक्रम मनाइने भएको हो ।

२१५२ औ स्यिङ मो डुल ल्हो ग्याल्पो लोसर ( नयाँ वर्ष ) को शुभ उपलक्ष्यमा शेर्पा किदुग क्रोएसियाले शुभकामना आदानप्रदान तथा वृहत ल्होसार सांस्कृतिक कार्यक्रम गर्न लागेको शेर्पा समुदायका चर्चित गायक सोनाम शेर्पा (कोशिस)ले बताए । उक्त कार्यक्रममा बेल्जियमबाट आमन्त्रित चर्चित शेर्पा सेलो गायक सोनाम शेर्पा (कोशिस),नेपालबाट आमन्त्रित  चर्चित सेलो गायक प्रदिप  लामा यसै  गरी सेलो गायक आङ्फुर्बा र शेर्पा गायिका पसाङलामु शेर्पाको पनि बेजोड प्रस्तुति रहने छ । साथमा D.O.P Band को पनि बिषेश प्रस्तुति रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार