
डोल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ विभिन्न जातका स्याउका बिरुवा वितरण गरेको छ । स्याउ जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान भइ छनोट भएका कृषक समूह/सहकारी/फर्मलाई ५० प्रतिशत अनुदानमा १२ हजार छ सय बिरुवा वितरण गरिएको छ ।
स्याउ जोन प्रभाव क्षेत्र ठुलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको ३ र ४ का कृषकलाई गोल्डेन, रोयल, रेड डेलिसियस, रेड रिचाड जातका स्याउका कलमी बिरुवा वितरण गरेको परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए ।
डोल्पा स्याउ खेती र सिमी खेतीको लागि उपयुुक्त ठाउँ भएको हुँदा विशेष योजनाका साथ कार्यालयले काम गरिरहेको उनले बताए। मुड्केचुला र काइके गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागू भइरहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह