
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यानमा संरचना थपिएसँगै पर्यटक आकर्षण बढेको छ । एक वर्षको अवधिमा दुई लाख ३९ हजार बढीले शान्ति उद्यानको अवलोकन गरेका छन् । उद्यानका पार्कका व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार सबैभन्दा बढी २०८१ सालको वैशाख १ गतेका दिन ११ हजारले अवलोकन गरेका थिए । गणेश सामुदायिक वनभित्र रहेको उद्यान ११.६६ हेक्टर क्षेत्रफलमा छ ।
पछिल्लो समय उद्यानमा विभिन्न संरचना थपिएपछि पर्यटकहरूको चाप बढेको छ । लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा विभिन्न संरचना निर्माण गरिएको छ । उद्यान समितिका अध्यक्ष डिल्ली भण्डारीका अनुसार उद्यानभित्र जलाशय, भगवान गौतम बुद्घको विशाल मूर्ति, धुप घडी,मिनी चिडियाखाना, बाल उद्यान, घोडा सवारी, तथा विभिन्न जातजातिका पोशाकमा फोटो खिच्ने सुविधा थपिएपछि पार्क पर्यटकहरूको रोजाइमा परेको छ । उद्यानभित्र रहेको जलाशयमा डुङ्गा सयर सञ्चालनमा आएपछि यहाँ घुम्न आउनेहरूको संख्या झन् बढेको छ । अध्यक्ष भण्डारीका अनुसार डुङ्गा सयरबापत प्रतिव्यक्ति पचास रूपिया शुल्क लिइने गरिएको छ । जलाशयमा चार वटा डुङ्गा छन् ।
उद्यानमा दैनिक झण्डै एक हजार बढी आउने गरेका छन् भने सार्वजनिक बिदाका दिन भने दुई हजारदेखि पाँच हजारसम्म आउने गर्दछन् । उद्यान अवलोकनका लागि डडेलधुरा, कैलाली, सल्यान, रुकुम, रोल्पा, प्युठान, बाँके, बर्दिया लगायतका जिल्लाबाट आउने गरेका छन् । अध्यक्ष भण्डारीका अनुसार उद्यान अवलोकनका लागि देशभरका सामुदायिक वनका प्रतिनिधि बढी आउने गरेका छन् । सामुदायिक वनलाई कसरी उद्यमसँग र पर्यटकीय आकर्षण बढाउन सकिन्छ भन्ने कुराको अवलोकनका लागि आउने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । त्यस्तै विभिन्न विद्यालयबाट समेत शैक्षिक भ्रमणका लागि विद्यार्थी आउने गरेका छन् ।
उद्यानका व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार उद्यानभित्रै प्रत्यक्षरूपमा १२ जना र उद्यानभित्र फोटो खिच्ने कामका लागि ३० जना र अप्रत्यक्षरूपमा दुई सय बढीले रोजगार पाएका छन् । साविकको राप्ती अञ्चलमा द्वन्द्व बढ्दै गएपछि शान्तिको कामना गर्दै राप्ती शान्ति उद्यान निर्माण गरिएको थियो ।













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना