
बागलुङ । सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ । चार महिना लगाएर मूर्तिकार कृष्ण बहादुर सुनारले उक्त मूर्ति बनाउनुभएको हो । मूर्ति तयारीमा २० लाख रुपैयाँ खर्च भएको छ ।
समुद्र सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको बागलुङको जैमिनी नगरपालिका–३ स्थित रहेको गाजादह धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सिद्धबराहको प्रचारप्रसार गर्ने उद्देश्यले सिद्धबराहको मूर्ति स्थापना गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । भगवान् विष्णुका दश अवतारमध्येको तेस्रो मानिने बराह अवतार झल्कानेगरी मूर्ति निर्माण स्थापना गरिएको छ । जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्धबराहको मन्दिर निर्माण लगायतका पूर्वाधार थपिएका छन् ।
गाजादहमा आयोजित ज्ञान महायज्ञमा सङ्कलन भएको रकमबाट मूर्ति निर्माण गरिएको हो । गाजादह २४ वर्गमिटरमा फैलिएको छ । यो धार्मिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास भइरहेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व