
काठमाडौं । जनता समाजवादी पार्टीसम्बद्ध जनबर्गीय संगठनहरुले भोलि वृहत् रुपान्तरण तथा पुनर्गठन घोषणा सभा गर्ने भएका छन् । पार्टी सम्बद्ध जनबर्गीय संगठन संयुक्त आयोजक समितिको आयोजनामा हुने सभा ज्यापु प्रज्ञा भवन च्यासल ललितपुरमा आयोजना हुने छ ।
नेपाल सम्बत ११४५ सिल्लागा सप्तमीको अवसरमा आयोजना हुने कार्यत्रम विहान ११ बजेदेखि सुरु हुने छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ रहने छन् । त्यस्तै विशिष्ट अतिथि केन्द्रीय समिति अध्यक्ष अशोक कुमार राई, तथा अतिथिहरू उपाध्यक्ष रणध्वज कन्दङ्वा, महासचिव मोहम्मद इस्तियाक राई रहने आयोजकले जनाएको छ ।
समाजवादी किसान महासंघ, नेपाल बौद्धिक पेसाकर्मी महासंघ, समाजवादी जनजाती महासंघ, संघीय समाजवादी खेलकुद महासंघ र संघीय कानून व्यवसायी संघ लगायत घटक संघहरुले संयुक्त रुपमा आयोजना गरेका हुन् ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन