
काठमाडौं । च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जीत हासिल गरेको छ । हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १०० रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा समेटियो । पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए ।
भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल यूएईमा भइरहेका छन् । यसअघि भारतले बङ्गलादेशलाई पनि ६ विकेटले पराजित गरेको थियो । च्याम्पियन्स ट्रफीमा भारत दुई खेलमा अपराजित रहँदै ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तान २ खेलमा अङ्कविहीन रहँदै समूह ‘ए’ को पुछारमा छ । प्रतियोगितामा आज बङ्गलादेश र न्युजिल्याण्ड खेल्दैछन् । पाकिस्तानको रावलपिन्डिमा हुने खेल दिउँसो पौने ३ बज शुरू हुनेछ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व