
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायलका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससंग बिहीबार महासंघ सचिवालय टेकु काठमाडौंमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् ।
भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार,आर्थिक विकास तथा व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको थियो । नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवाहरुलाई रोजगारी प्रदान गर्ने विषयमा इजरायले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउने गरि सहकार्य गर्न राजदूत बास समक्ष आग्रह गरे । ‘नेपालको कृषि, पर्यटन उर्जा तथा सूचना प्रविधी क्षेत्रमा लगानीमा प्रशस्त सम्भावनाहरु रहेका छन् । उद्योग र व्यापारमा भएका यी सम्भावनाहरुबाट दुबै देशले फाइदा लिन सक्नन् । तसर्थ म इजरायली लगानीकर्तालाई राजदूत मार्फत नेपालमा लगानीका लागि आग्रह गर्छु,’ उनले भने ।
इजरायली राजदूत श्मुलिक आरी बासले नेपाल र इजरायबीच लामो सम्बन्ध रहि आएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘इजरायल नेपालको पूरानो मित्र हो । हामीले विभिन्न क्षेत्रमा लामो समय देखि सहकार्य गर्दै आइरहेका छौं । खासगरि साना किसान सहकारी मार्फत नेपालीहरुलाई इजरायमा विभिन्न अवसर प्रदान गरिएको छ । यसबाट नेपाली किसानहरुले फाइदा लिएका छन्,’ उनले भने । राजदूत बासले महासंघसंग सहकार्यकार्यका लागि आफू सधैं सकारात्मक रहेको उल्लेख गर्दै आउने दिनमा आससी सहकार्यलार्ई थप प्रभावकारी बनाइने धारणा राखे ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू