
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो साताको मंगलबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यो साता समग्रमा सुनको मूल्य २ हजार २०० रुपैयाँले घटेको छ ।यो साताको पहिलो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै साताको दोस्रो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख ७० हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । मंगलबार १ लाख ७१ हजार ३०० रूपैयाँ पुग्यो । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो । बुधबार भने सुनको मूल्य कीर्तिमानबाट केही सस्तो भएर १ लाख ७० हजार ५०० रूपैयाँ किनबेच भएको थियो । सुनको मूल्य बिहीबार पनि घटेर १ लाख ७० हजार ३०० रूपैयाँमा झर्याे । शुक्रबार भने सुन तोलाको १ लाख ६८ हजार १०० रूपैयाँमा कारोबार भयो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन, आइतबार तोलामा एक हजार ९७० रूपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ९१५ रूपैयाँ कायम भयो । यसरी, साताभरमा चाँदी तोलामा ५५ रूपैयाँले घटेको हो ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व