
काठमाडौं । मच्छिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मच्छिन्द्रले दबदबा कायमै राखेको हो ।
मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा मच्छिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो । दोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले उत्कृष्ट फर्स्ट टच फिनिस गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र मच्छिन्द्रले फेरि पनि उपाधि रक्षा गर्न सफल भयो ।
नेपाली घरेलु प्रतियोगितामा एउटै टोलीले लगातार तीनपटक एकै प्रतियोगिताको उपाधि जित्नु कमै देखिने दृश्य हो । मच्छिन्द्रले उत्कृष्ट लय कायमै राख्दै उपाधि रक्षा गर्न सफल भयो । समग्रमा भन्नुपर्दा केपी ओली कप मच्छिन्द्रका लागि भाग्यमानी साबित भइरहेको छ ।
यसअघिका दुवै संस्करणमा टाइब्रेकरसम्म पुग्नुपरेको मच्छिन्द्रले यसपटक भने निर्धारित समयमै पर्याप्त गोल गर्दै उपाधि फेरि आफ्नो नाममा गर्यो । पहिलो संस्करणको फाइनलमा सातदोबाटो युथ क्लब तथा दोस्रो संस्करणको फाइनलमा एनआरटी क्लबलाई टाइब्रेकरमा हराएर मच्छिन्द्रले उपाधि जितेको थियो । यो सिजन मच्छिन्द्रको यो दोस्रो उपाधि हो । यसअघि इटहरी गोल्डकपको उपाधि जितेको थियो ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु