नेपाल सुपर लिग : उपाधिका लागि पोखरा र ललितपुर भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि पोखरा र ललितपुरले खेल्ने भएका छन् । हिजो भएको खेलमा स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो ।

पोखरा पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो । लगातार दुई पटक फाइनल खेलको धनगढी यसपटक प्लेअफबाट नै बाहिरियो । धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटीसँग पराजित भएको थियो । पोखरा थन्डर्सले एलिमिनेटरमा चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको थियो । फाइनल खेल शनिवार हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार