काठमाडौं । भारत च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत अन्तिम दुईमा पुगेको हो ।
अष्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतीय टोलिले ६ विकेट गुमाएर ४८.१ ओभरमा पुरा ग¥यो । उसका लागि विराट कोहोलीले सर्वाधिक ८४ रनको पारी खेले । त्यस्तै श्रयस अयरले ४५ रन बनाए भने लोकेश राहुलले ४२ रनका नटआउट पारी खेले त्यस्तै हार्दिक पाण्ड्या र कप्तान रोहित शर्माले समान २८ रन बनाए भने अक्षर पट्टेलले २७ रन बनाए । अष्ट्रेलियका लागि एजम जाम्पा र न्याथम एलिसले समान २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभार ३ बलमा अलआउट हुँदै २६४ रन बनाएको थियो । उसका लागि कप्तान स्टेफन स्मिथले सर्वाधिक ७३ रनको योगदान दिए भने एलेक्स क्यारीले ६१ रन बनाए । ओपनर टेभिस हेडले पनि ३९ रनको पारी खेले । भारतका लागि मोहमाद सामीले ३ विकेट लिए । त्यस्तै वरुण चक्रवती र रविन्द्र जडेजाले समान २ विकेट लिए ।
अब फाइनमा भारतले दक्षिण अफ्रिका र न्युजिल्याण्ड बीचको विजेतासँग खेल्ने छ ।