
काठमाडौं । काठमाडौंको मैतीदेवी चोकस्थित गोदा वेणुगोपाल भगवानको मन्दिरमा विशेष धार्मिक अनुष्ठान बुधबार (आज)बाट सुरु हुँदैछ । फागुन २६ गतेसम्म चल्ने कार्यक्रम अन्तर्गत मन्दिरमा गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गरिने छ ।
छ दिनसम्म चल्ने कार्यक्रममा सभाप्रार्थना, ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण, शान्तिपाठ, तीर्थगोष्ठी, पूर्णाहूति, अष्टाक्षरी वासुदेव–हवन तत्वन्यास हवनादिलगायत कार्यक्रम रहेका छन् । यस्तै मासबलि, महापूर्णाहूति महासंप्रोक्षणलगायत कार्यक्रम तय गरिएको मन्दिरका मठाधीश स्वामी यतिन्द्राचार्यले जानकारी दिए ।
कार्यक्रम तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जियर स्वामीजीको प्रमुख आचार्यत्वमा अनुष्ठान सम्पन्न हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले जानकारी दिए । कार्यक्रममा नेपाल र भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागी आउने पनि अधिकारीले बताए ।













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?