
गोरखा । गोरखा नगरपालिका–६ कुहिरेभिरमा रहेको ढुङ्गै ढुङ्गाले बनेको स्टोनपार्क पर्यटकको आकर्षण बन्दै गएको छ । ऐतिहासिक जिल्ला गोरखा सदरमुकाम नजिक रहेको कुहिरेभिरसँगै रहेको स्टोनपार्क आन्तरिक तथा बाह्रय पर्यटकहरूको आकर्षण गन्तव्य बन्दै गएको गोरखा नगरपालिका–६ का वडाध्यक्ष दिलिपकुमार जोशीले जानकारी दिए ।
अहिले स्टोन पार्क अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ, वडाध्यक्ष जोशीले भने, ‘स्टोन पार्कबाट गोरखा सदरमुकाममा बनेका पुराना प्यागोडा शैलीका मठ मन्दिरदेखि जिल्लामा भएका प्राकृतिक दृश्यहरू स्टोनपार्कबाट देखिने भएकाले पनि पर्यटकहरू त्यस ठाउँमा पुगेर आनन्द लिने गरेका छन् ।’
सदरमुकामसँग जोडिएको स्टोनपार्क ऐतिहासिक ठाउँ त्यसका साथै जहाँ इतिहास जिवित छ भन्ने गोरखाको पहिचान भएकाले जसले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी सिङ्गो नेपाल एकीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरी युगको आवश्यकता र नेपाली माटोको माग बमोजिम गोरखाको माटोले जन्माएको सर्वाधिक ऐतिहासिक व्यक्तित्व पृथ्वीनारायण शाहको इतिहास बुझ्न र गोरखामा पर्यटकहरू पुग्ने गरेको बताइएको छ ।
उक्त पार्कभित्र पिङ, भ्युटावर, पिकनिक स्र्पोट, लगायतले स्टोनपार्कको शोभा बढाएको छ । गोरखा सदरमुकामको ठुलो आँगन पाटेचौर, स्टोनपार्कदेखि कुहिरेभिर हुँदै गोरखाकाली मन्दिरसम्म आन्तरिक तथा बाह्रय पर्यटकलाई गोरखाको वास्तविक इतिहास बुझाउन इतिहास झल्कने चित्रहरू ढुङ्गामा कोरिएर चिटिक्कै बनेको गोरखा नगरपालिका–६ का युवा सन्दीप गोरखार्लीले बताए ।
गोरखा दरबारमामा जन्मिएर इतिहासमा महत्त्वपूर्ण कार्य गरेर सिङ्गो नेपाललाई चिनाउन महत्त्वपूर्ण योगदान गर्नु हुने पृथ्वीनारायण शाहदेखि न्याय नपाए गोरखा जानु भन्ने रामशाहको इतिहास खोज्न नेपालका दिग्गज व्यक्तित्वहरू गोरखा आउने गरेका पूर्व उपाप्रधापक तथा इतिहसविद् यदु अधिकारीको भनाइ छ ।
गोरखा नगरपालिकाले केहि दिन अगाडि मात्रै गोरखा भ्रमण वर्ष २०२५ को कार्यतालिका सार्वजानिक गर्दै गोरखा नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरूलाई पर्यटकिय क्षेत्रको रूपमा विकास गरी पर्यटकलाई आकर्षित गर्न स्टोनपार्कमा ढुङ्गामा इतिहास झल्कने चित्रहरू लगायत स्टोनपार्क विकासका लागि नगरपालिकाले अहिलेसम्म ३० लाख रुपियाँसम्म बजेट विनियोजन गरिसकेको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले बताए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू