
काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टङ्क बाराकोटीले पदबहाली गरेका छन् । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।
डा बाराकोटी स्वास्थ्य मन्त्रालयको १२औं तहमा अतिरिक्त सचिवमा कार्यरत थिए । यसअघि महानिर्देशकमा डा विकास देवकोटा थिए। उनी सचिवमा बढुवा भएपछि डा बाराकोटीलाई उक्त पदमा नियुक्त गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत फागुन २७ गते मन्त्रीस्तरीय निर्णय गरी उनलाई महानिर्देशकमा नियुक्त गरेका हुन्।
पदभारपछि डा बाराकोटीले तीन तहमा बाँडिएको स्वास्थ्य संरचनामा विभागबाट हुनेसक्ने भूमिकामा सहजीकरण गर्दै जाने बताए । उनले भने, ‘खरिद प्रक्रियामा विभाग विवादित देखिएको छ त्यसलाई सुधार्ने प्रयास गर्छु ।’
आजै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका डा रघुराज काफ्लेले पनि जिम्मेवारी सम्हालेका छन् । डा काफ्लेले स्वास्थ्य बीमालाई सरल, सुलभ र गुणस्तरीय बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थागत क्षमता वृद्धि गर्दै जाने बताए । यसअघि निमित्त कार्यकारी निर्देशक डा सरोज शर्मा थिए ।












समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज