
काठमाडौं । खेन्पो ङावाङ वोशेर शेर्पाद्धारा लिखित ‘शेर्पाहरुको इतिहास र संस्कृति’ पुस्तकको दोस्रो संस्कार सार्वजनिक भएको छ । शनिबार राजधानीको जोरपाटीमा एक समारोहकावीच राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले पुस्तक लोकार्पण गरेका हुन् ।
श्यामा शेर्पा किदुग, काठमाडौंद्धारा प्रकाशित पुस्तक पाँच भागमा विभक्त रहेको छ । पुस्तकमा शेर्पाको जातिको उत्पत्ति र नामाकरण, वसाईसराईको कारण, शेर्पाका थर, जिजुहरु, वंशावली लगायत समेटिएको छ । त्यस्तै, शेर्पाहरुको शारीरिक विशेषता र जनसंख्या, भौगोलिक, यातायात र शिक्षाको अवस्था, बसोबास, भाषा र लिपी, पोशाक, पारिवारिक संगठन लगायत विषयहरु राखिएका छन् ।
जन्म, मृत्यु संस्कार, आर्थिक अवस्था र आय स्रोत, धर्म र सांस्कृतिक चाडपर्वको बारेमा चर्चा गरिएको छ । शेर्पाहरुले गर्ने धार्मिक गतिविधिका साथमा लेखकले आफ्ना अनुभवहरु समेत पुस्तकमा समेटेका छन् । त्यस्तै, विश्वमा सर्वप्रथम सगरमाथा आरोही शेर्पाहरु शिर्षकमा किर्तिमानी आरोही तेन्जीङ नोर्गे शेर्पा, लाक्पा फुटी शेर्पा लगायतको बारेमा चर्चा गरिएको छ ।

पुस्तकको दोस्रो भागमा शेर्पा समुदायमाथि विभिन्न व्यक्ति, लेखक र पुस्तकहरुमा प्रकाशित विचारहरुलाई विश्लेषण गरिएको छ । त्यस्तै, शेर्पाको लालमोहर, शेर्पाका पूर्वज, मिञागको अन्तिम राजसन्तती, राजवंशजको केही स्मरणीय घटना शिर्षकमा लेखहरु समेटिएका छन् ।
तेस्रो भागमा अग्रज पुरुष शिर्षकमा विभिन्न २९ जनाको व्यक्तिहरुको बारेमा चर्चा गरिएको छ । जसमा योद्धा दाटी शेर्पा, मारतिक गुफा, फटछेन लगायतका विषयमा उल्लेख गरिएको छ । चौथो भागमा दोलखा जिल्लाका गोन्पाहरु, इलाम जिल्लाका शेर्पाहरु, धर्म राजा हर्षवर्धन लगायतका विषयहरुलाई व्याख्या गरिएको छ भने पाँचौ भागमा न्वारन र विवाह सम्वन्धि संस्कार, धार्मिक र सामाजिक नामावली, लगायत विषयहरु राखिएका छन् ।

लेखकले बहुसंख्याक शेर्पा समुदायले मान्दै आएको ग्याल्पो लोसारका बारेमा भने फरक धारण राखेका छन् । हुनतः लेखकको धारण सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा यसअघि नै सार्वजनिक भइसकेको हो । उनले लोसार ज्योतिष शास्त्र र भौगोलिक वस्तुस्थिती अनुसार पुष शुक्ल पक्षको परेवा तिथीबाट शुरु हुने भएपनि ‘शेर्पाहरुले अरुको सिको गरेर छ्योडुल दुछेन अर्थात बुद्धले धार्मिक शक्ति प्रदर्शन गरी तैर्थिक गुरुहरुलाई हराएको प्रतिहार्य दिवस’ पारेर तीन महिनापछि फागुनमा मनाउने गरेको उल्लेख गरेका छन् ।
२०१० सालमा दोलखाको जिरी १ श्यामामा जन्मिएका शेर्पाको दर्जनौ कृतिहरु प्रकाशित छन् । खेन्पो शेर्पा रेडियो नेपालको पहिलो शेर्पा भाषाको समाचार बाचक समेत हुन् । शेर्पाले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीबाट बौद्ध दर्शन साहित्यमा आचार्यको उपाधि हासिल गरिएको छ ।
पुस्तक विमोचन कार्यक्रममा संविधानसभा सदस्य जिपछिरिङ लामा शेर्पा, आङ दावा शेर्पा, पासाङ शेर्पा, प्रदेश सभा सदस्य डिएन शेर्पा, बाह्रविसे नगरपालिकाका पूर्व मेयर निमाफिन्जो शेर्पा, विभिन्न धर्मगुरु, शेर्पा समुदायका संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो । तीन सय ८६ पृष्ठको पुस्तकको साधारण मूल्य छ सय ५० र संस्थागत मूल्य एक हजार दुई सय निर्धारण गरिएको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित