
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।













समाचार
एनआरएनएको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आजदेखि
भोजपुरको डाँडा गाउँमा ‘एक घर, एक धारा’को पहुँच
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
साताको सेयर : स्थिर जस्तै पुँजी बजार, हप्तामा ६ अंकले घट्दा कतिको भयो कारोबार ?
एप्पलले चीनको बजारका लागि आफ्नै स्वामित्वको एआई मोडल तयार गर्यो, अलिबाबाले सघाए
हप्ता दिनमै ४ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको सटहीदर
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’