
काठमाडौं । यस साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६६३ दशमलव ३० विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.५१ प्रतिशत अर्थात ४० दशमलव ०९ अंक बढेर २७०३ दशमलव ३९ विन्दुमा पुगेको हो ।
यो साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ३ दशमलव ७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ७८ अंक बढेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ६६ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३१.११ प्रतिशत बढेको हो । यस साता दैनिक औषत शेयर संख्या २५.०२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७.७८ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६६ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ११.४३ प्रतिशत बढेको छ । गत साता ४३०४ दशमलव ५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४९१ दशमलव ८३ अंक बढेर ४७९६ दशमलव ३८ विन्दुमा पुगेको छ । यस साता लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ ।
कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत घटेको छ। गत साता ७२०५ दशमलव २८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १७२ दशमलव ९९ अंक घटेर ७०३२ दशमलव २९ विन्दुमा झरेको छ ।












समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि