
झापा । जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भूमिसम्बन्धी अन्तरक्रिया क्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले यस्तो जानकारी दिँदै प्रक्रिया पूरा गरेर धनीपूर्जा वितरण गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको बताए ।
अध्यक्ष रिजालले भूमिसम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनको अधिकारमाथि खेलवाड भएको आरोप लगाए । उनले वर्तमान भूमि आयोग पहिलेका तीन वटा आयोगभन्दा फरक रहेको जिकिर गर्दै अहिलेको आयोग संवैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको बताए ।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईले अबको दुई वर्षभित्र नेपालका १३ लाख सुकुम्बासीलाई धनिपूर्जा वितरण गरिने बताए । कार्यक्रममा भूमि आयोगका झापा अध्यक्ष मदन अधिकारीले विचौलियासँग सहकार्य नगरी पालिकामार्फत प्रक्रिया पूरा गरेर आएका निवेदनहरुलाई दर्ता गरी चाँडै धनीपूर्जा वितरण गरिने बताए । राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ डा. जगतबहादुर वस्नेतले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आयोगको काम, कर्तव्य र अधिकारसहित भावी कार्ययोजनाका बारेमा जानकारी दिए ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले वास्तविक हकदारलाई जग्गाको धनीपूर्जा वितरण गर्ने तयारी भइरहेको बताए । उनले मेचीनगरमा छ हजार ३३० जना भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीले धनिपूर्जाका लागि निवेदन दिएको जनाउँदै तीमध्ये पाँच हजार १५१ जनाले निस्सा प्राप्त गरिसकेको जानकारी दिए । मेचीनगरमा भूमिहीन दलित ३५८ जना, भूमिहिन सुकुम्बासी दुई हजार २४६ जना र र अव्यवस्थित बसोबासी तीन हजार ७२६ जना गरी छ हजार ३३० जनाले धनीपूर्जा पाउनका लागि नगरपालिकामा निवेदन दिएका छन् ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै