
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।
पोखरा पर्यटन परिषद्द्वारा सोमबार पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण कार्यक्रममा उनले उक्त उडानसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडानका सम्भावनालाई बढाएको बताए ।
पहिलो अन्तर्राष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङ्छिङलगायत सहरमा भएका कार्यक्रमले दुई देशबिचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई अझै उजागर गरेको बताउँदै उनले सिचुवान एयरलायन्सको विश्वका धेरै देशमा रहेको सञ्जालको उपयोग हुनुपर्ने आवश्यकता औँल्याए । चीनले माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएको जनाउँदै महानगरप्रमुख आचार्यले त्यसले यहाँको अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चाटर्ड उडानका क्रममा नेपाल पर्यटन बोर्डले छेन्दु र छोङ्छिङमा आयोजना गरेको बिटुबी तथा सेल्स मिसनले यहाँको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा–चीनको सम्बन्धलाई थप उजागर गरेको बताउँदै उडानको निरन्तरताका लागि सबैको सामूहिक प्रयास आवश्यक पर्नेमा जोड दिए ।
परिषद्का महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै यस कार्यक्रमले चीनका विभिन्न सहरसँग पोखराको सम्बन्धलाई प्रगाढ बनाएको धारणा राखे । कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारीलगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत पक्षलाई अनुकरण गर्नु आवश्यक रहेको धारणा राखे ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम