
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ । विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न अहसज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको उल्लेख गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग समन्वय गरी सहज व्यवस्थापन मिलाइएको छ । विमानस्थलदेखि होटलसम्म आवतजावत गर्न सहजीकरण भइरहेको छ । पर्यटक आवतजावतका लागि मङ्गलबारदेखि काठमाडौं र पोखरामा पर्यटकलाई सटल बसको व्यवस्था गरिएको छ ।
“पदयात्रामा निस्किएका पर्यटकलाई समस्या छैन । उनीहरु निर्वाध रूपमा यात्रा गरिरहेका छन् । खासगरी काठमाडौंमा आगमन भइरहेको र काठमाडौँबाट स्वदेश फर्किने योजनामा रहेका पर्यटकलाई समस्या भइरहेको छ । विमानस्थलदेखि होटल र होटलबाट विमानस्थलसमम लैजान सहजीकरण गरिएको छ”, सिइओ जोशीले भने । उनले मङ्गलबार दिउँसो सडक अवरुद्ध भए पनि विमानस्थलमा रहेका पर्यटकलाई पानी बिस्कुटको व्यवस्था गरी राति सुरक्षा निकायसँगको समन्वयमा होटलमा पुर्याउन सहजीकरण गरिएको बताए ।
बोर्डको विवरणमा पछिल्लो १० दिनमा करिब ३५ हजार पर्यटक हवाई मार्ग भएर नेपाल भित्रिएका छन् । उनीहरुमध्ये अधिकांश पदयात्रामा निस्किएका छन् । खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र, पोखरा र केही काठमौँमा रहेका छन् । नेपालमा मनसुन सकिएर मुख्य पर्यटक सिजन सुरु हुने समय नजिकिएको छ । यो सिजनमा धेरै संख्यामा विदेशी पर्यटक नेपाल आउँछन् ।
बोर्डले विषम परिस्थितिमा पर्यटकको सूचना लिने र सहजीकरणको काम पनि गरिहेको छ ।
सिइओ जोशीले राष्ट्रिय अन्तरराष्ट्रिय ट्राभल ट्रेका मानिसले सूचना सोधिरहेकाले बोर्डले सहजीकरण गरिरहेको उल्लेख गरे । उक्त प्रयोजनका निम्ति बोर्डले सात जना कर्मचारीलाई डेडिकेटेड राखेर २४ सै घण्टा सूचना दिने काम गरिएको छ । कसैलाई कुनै क्राइसेस परेको खण्डमा सूचना लिने र सम्बन्धित निकायमा सहजीकरणका लागि काम गरिएको छ । बोर्डले फोन, टोलफ्री नम्बर र इमेलमार्फत सूचना लिने र सहजीकरण गरिएको जनाएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम