लखनउसँग कोलकाताको‌ हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सलाई मात्र ४ रनले हराएको छ । जितको लागि २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाता २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रनमा समेटियो ।

लकाताका ओपनर क्विन्टन डि कक १५ रनमा आकाश दीपको बलमा एलबिडब्लु धरापमा परे। उनी १५ रनना आउट भएपनि कोलकाताले पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा ९० रन बनायो। १३ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३० रन जोडेर सुनिल नरायन आउट भए। कप्तान अजिन्के राहानेले विष्फोटक ब्याटिङ गरे। उनले ३५ बल खेलेर ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको पारी खेले। उनी आउट हुँदा टोलीले १ सय ६२ रन बनाइसकेको थियो।

त्यसपछि भेनकटेश्वर अयरले ४५ रन जोडे। रिन्कु सिंहले अन्त्यमा प्रयास गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अन्तिम ६ बलबाट २४ रन चाहिंदा कोलकोताले १९ रन मात्र जोड्न सक्यो। यो सँगै ४ रनको झिनो अन्तरको हार बेहोरेको छ। बलिङमा आकाश दीप र सार्दुल ठाकुरले समान २ विकेट लिए। त्यसअघि इडेन गार्डेन्समा टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले ३ विकेट गुमाएर २ सय ३८ रन बनायो । टोलीका मिकेल मार्स र निकोलश पुरनले सानदार ब्याटिङ गर्दै अर्ध शतक बनाए।

ओपनर इडन मारक्रम र मार्सलले उत्कृष्ट सुरुवात दिलाउने क्रममा पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरे। मारक्रम ३ रनले अर्धशतक बनाउन चुके ।२८ बलमा उनले ४ चौका र २ छक्कामा ४७ रन बनाए । त्यसपछि मार्स र पुरनले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। मार्सले ४८ बलमा ६ चौका र ५ छक्कामा‌ ८१ रन बनाए । पुरन ३६ बलमा ७ चौका र ८ छक्कामा नटआउट ८७ रनको योगदान गरे। अब्दुल समदले ६ रन बनाए र डेभिड मिल्लर ४ रनमा नटआउट रहे। कोलकाताका हर्षित रानाले २ र आन्द्रे रसलले १ विकेट लिए।

पाँच खेलबाट ६ अंक बनाएको छ। उसको यो तेस्रो जित हो। कोलकोताको यो तेस्रो हार हो। उसँग ४ अंक रहेको छ। आजको दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध पन्जाब किंग्सले टस जितेर ब्याटिङ सुरु गरेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार