
काठमाडौं । बुधबार सेयर बजार परिसूचक एकल अंकले बढेर कारोबार बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक ९ दशमलव ६६ अंकले बढेर २६७६ दशमलव २८ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ४४ अंकले बढेर ४४६ दशमलव २२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने दुई वटा उपसूचकको सेयर मूल्य भने घटेको छ ।
बुधबार सेयर बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । अघिल्लो दिन ५ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० रुपैयाँको कारोबार भएको छ । बुधबार सेयर बजारमा ३१७ कम्पनीका १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४५ हजार ९४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आजको कारोबार बन्द हुँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट
बुधबार सेयर बजार परिसूचक एकल अंकले बढेर कारोबार बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ३३ रुपैयाँ २० पैसाले बढेर ३६५ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो। मंगलबारबाट मात्रै यो कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको थियो । त्यस्तै आज धेरै सेयर मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त, बोटलर्स नेपाल (बाजालु), सोल्टी होटल र ङादी पावर ग्रुप छन् ।
आज विन नेपाल लघुवित्तको सेयर मूल्य २३९ रुपैयाँ ६१ पैसाले बढेर ३ हजार २३८ रुपैयाँ ५१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.९९ प्रतिशतले धेरै हो । आज बोलटर्स नेपालको सेयर मूल्य ९१९ रुपैयाँ ८० पैसाले बढेर १८ हजार ७५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ५.१६ प्रतिशतले धेरै हो ।
त्यस्तै आज सोल्टी होटलको सेयर मूल्य पनि प्रतिकित्ता १८ रुपैयाँ ६७ पैसाले बढेर ४९४ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिन भन्दा ३.९२ प्रतिशतले धेरै हो । आज ङादी पावर ग्रुपको सेयर मूल्य ३.३६ प्रतिशत अर्थात् ८ रुपैयाँ ९२ पैसाले बढेर २७४ रुपैयाँ २३ पैसा पुगेको छ ।
यी ५ कम्पनीका सेयरधनीले धेरै गुमाए
बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार बन्द भयो। सेयर बजार बढ्दा पनि आज सिन्धु विकास बैंक, गुराँस लघुवित्त, सिटिजन सुपर ३० म्युचुअल फण्ड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र बाराही हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । आज सिन्धु विकास बैंकका सेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ ८१ पैसा नोक्सानी बेहोरेका छन् । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १ हजार ११२ रुपैयाँ १० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ७.४७ प्रतिशतले कम हो । त्यस्तै आज गुराँस लघुवित्तको सेयर मूल्य २.७३ प्रतिशत अर्थात् ७९ रुपैयाँ ६८ पैसाले घटेर २ हजार ८४० रुपैयाँ ०७ पैसा पुगेको छ ।
आज सिटिजन सुपर ३० को सेयर मूल्य ०.२४ रुपैयाँले घटेर ९ रुपैयाँ ०२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.५९ प्रतिशतले कम हो । आज अपर सोलुको सेयर मूल्य पनि २.३५ प्रतिशत अर्थात् १३ रुपैयाँ ८९ पैसाले घटेर ५७५ रुपैयाँ ९७ पैसा पुगेको छ । बाहारी हाइड्रोको सेयर मूल्य हाज २२ रुपैयाँ ६६ पैसाले घटेर १ हजार २५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा २.१६ प्रतिशत कम हो ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन