
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी, जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै टीभीएस ‘एक्सचेन्ज मेनिया’ सञ्चालन गर्न लागेको छ । नयाँ वर्षको सुरुवातसँगै आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले उक्त कार्यक्रम ल्याउन लागेको हो ।
काठमाडौंको बसुन्धरा, एक्टिभ कलेज नजिकै आयोजना हुने यो ‘एक्सचेन्ज मेनिया’ वैशाख १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर–गुड्ने होस वा नगुड्ने–टीभीएसले उचित मूल्याङ्कन गर्नेछ । कम्पनीका अनुसार, पुरानो गाडीमा १ लाख रुपैयाँसम्मको भ्यालु एडिसन, जस्तोसुकै कन्डिसनको बाइक तथा स्कुटरमा ३० हजार रुपैयाँसम्मको न्यूनतम मूल्याङ्कन, साथै थप छुट र विशेष अफरहरू उपलब्ध गराइनेछ ।
विशेष मोडलहरुमा ० प्रतिशत व्याजदरमा फाइनान्सको समेत सुविधा रहेको जगदम्बा मोर्टसले जनाएको छ । कार्यक्रममा सहभागी हुने ग्राहकहरूले १ लाख रुपैयाँसम्मको छुट, १८ महिनासम्म ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, र फ्रि एक्सेसरिज अन्तर्गत हेल्मेट, ब्याग, बाइक कभर लगायतका सुविधा पाउनेछन् । त्यसैगरी, टीभीएसले आफ्ना सवारीहरूमा लाइफ टाइम वारेन्टीको व्यवस्था समेत गरेको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो