सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार