
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा सम्बोधन गर्दै गैरआवासीय नेपालीहरूलाई व्यवहारिक रूपमा नागरिक अधिकार सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा आफ्नो कार्यकालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने कार्य प्रारम्भ गरिएको स्मरण गराउँदै हालसम्म ती अधिकार व्यवहारमा लागू हुन नसकेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् ।
‘हातमा नेपाली नागरिकता हुँदाहुँदै पनि विदेशी पासपोर्टमा भिसा लिएर नेपाल आउनुपर्ने बाध्यता अत्यन्तै विडम्बनापूर्ण स्थिति हो,’ उनले भने । यस प्रकारको अवस्थालाई गम्भीरतापूर्वक लिई गैरआवासीय नेपालीहरूले अधिकारपूर्ण ढंगले मातृभूमिसँगको सम्बन्ध निभाउन सक्ने वातावरण सृजना गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले गैरआवासीय नेपालीहरूका सीप, दक्षता र क्षमतालाई राष्ट्रनिर्माणमा सदुपयोग गर्न सकिने गरी स्पष्ट र प्रभावकारी नीतिगत संरचना निर्माण गर्न अनुरोध गर्नु भयो । यसमार्फत देशको आर्थिक, सामाजिक तथा प्राविधिक विकासमा विश्वभर फैलिएका नेपालीहरूको योगदानलाई संस्थागत रूपमा समेट्न सकिने सम्भावना रहेको उनको विश्वास थियो ।













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प