
पर्सा । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा आज बीरगञ्जमा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष ओझाले बीमा कम्पनीहरूको जोखिमाङ्कन सही भएमा दाबी भुक्तानीमा समस्या नआउने उल्लेख गर्दै जोखिमाङ्कन सही रुपमा गर्न र बजारमा कुनै पनि समस्या नआउने गरी बीमा ऐन नियम बमोजिम काम गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ओझाले प्रदेश तथा स्थानीयस्तरमा बीमा सम्बन्धी कुनै समस्या वा गुनासा भए प्राधिकरणलाई जानकारी दिन पनि आग्रह गरे ।
कार्यक्रममा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूले प्रदेश कार्यालयमा पर्याप्त अधिकार नभएको र जनशक्ति समेत न्यून रहेको, कृषि बीमाको सिफारिश लिन र क्षतिको निरिक्षण गर्न कठिनाई हुने गरेको, क्यास ब्याकमा चलखेल हुने गरेको, अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, बीमा सम्बन्धी जनचेतना बढ्न नसकेको र दाबी प्रक्रियालाई सरल बनाउन आवश्यक देखिएको लगायतका धारणा राखेका थिए । कार्यक्रममा बीरगञ्जस्थित जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।












समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन