काठमाडौं । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले अस्ति सोमवार सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो । प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले बताइन् ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो । दिवसको अवसरमा काठमाण्डौमा र हेटौँडामा कार्यक्रम हुँदैछन् । भाषा दिवसको अवसरमा काठमाडांै र ललितपुर महानगरका केही निजीसहित सबै सामुदायिक विद्यालयले बिदा दिएका छन् । भक्तपुरमा पनि विद्यालयहरु बन्द छन् । काठमाडांै उपत्यकाका केही पालिकाले पनि आज बिदा दिएको सूचना निकालेका छन् ।